काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितालाई उल्लंघन गरेको बताएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई लक्षित गर्दै उनले अरुलाई भोट खसाउन नदिने र बुथ कम्बजा गर्ने गरेको पनि आरोप लगाएका छन् ।
नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘सरकारी हेलिकोप्टर लिएर गएर प्रलोभन बाँढ्ने काम गरे । आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसकेका छन् । बुथ कब्जा गर्छन् केको आचारसंहिता ? अरुलाई भोट खसाउन दिँदैनन् केको आचारसंहिता ? मानिसलाई कुट्छन के आचारसंहिता ?’
यस्तै ओलीले प्रचण्ड र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।




















प्रतिक्रिया