Logo

प्रमुख समाचार

बारा उपनिर्वाचन : इनर्वामा जसपा कार्यकर्ताद्वारा पत्रकारलाई प्रवेशमा राेक, बुथ कब्जा हुनसक्ने आशंका



बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आशंका गरेका छन् । उपनिर्वाचनमा अध्यक्ष राउतले जसपाका कार्यकर्ताले बुथ कब्जा गर्न सक्ने आशंका व्यक्त गरेका छन् । जसपाका कार्यकर्ताले पत्रकारलाई मतदान केन्द्रमा प्रवेश यर्न रोक लगाएका छन् ।

आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनले शंका गरेका हुन् । स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको जानकारी दिएको छ । 

बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपनिर्वाचन भएको हो । बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली चुनावी प्रतिष्पर्धामा छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १०:३३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।