Logo

प्रमुख समाचार

मधेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।

उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला यादव आज सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएका थिए । ‘निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भनी स्पष्टीकरण सोधेको छ,’ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यादवलाई पचरौता जाँदा प्रयोग गरेको गाडी, सुरक्षा व्यवस्था सरकारो हो वा होइन ? भनेर पनि सोधेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १२:०८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।