चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित मतदान स्थलमा तनाव उत्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेको समर्थकमाथि प्रहरीले लाठी चार्ज गरेपछि नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो ।
मतदानस्थलमा लामिछाने पुगेगत्तै समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर तनाव भएको हो । त्यसक्रममा भागाभाग पनि भएको थियो ।
तर अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो । विभिन्न मतदानस्थलमा पुगिरहेका लामिछानेले पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका छन् ।
भिडियाे हेर्नुहाेस्:-




















प्रतिक्रिया