बारा । बारा प्रतिनिधिसभा क्षेत्र नंं २ मा दिउँसो पौने २ बजेसम्ममा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
यस निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् ।
यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बारा २ बाट आनिर्वाचन जितेका जसपाका रामसयाप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भइरहेको हो ।




















प्रतिक्रिया