Logo

राजनीति

अवस्था सामान्य भएपछि चितवनको कृष्णपुर माविमा फेरि मतदान सुरु



चितवन । चितवन २को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा दुई पक्षबीच विवाद हुँदा तनाव उत्पन्न भएपछि रोकिएको मतदान पुनः सुरु भएको हो । यस्तै, भरतपुर महानगरपालिका ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा पनि मतदान रोकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो । लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नाराबाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।

सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भागाभागसमेत भएको थियो । अवस्था सामान्य भएपछि विद्यालयको गेट खोलिएको छ र मतदान पुनः सुरु भएको हो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १५:३६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।