काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै समाजवादी मोर्चा घोषणा गर्ने बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा आइतबार नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामार्फत नेकपालाई पुनर्जीवित गराउने बताएका छन् ।
‘सबै समाजवादी मोर्चामा आबद्ध हौं । त्यसबाट सन्देश दिऔं । भविष्य उज्वल छ हामी फेरि एकता सन्देश दिऔं । विचारधात्मक कामलाई अघि बढाऔं’, प्रचण्डले भने, ‘छिट्टै समाजवादी मोर्चा घोषणा गरिनेछ । त्यहाँबाट पार्टी एकतको नयाँ ध्रुविकरणतर्फ जानेछौं । नेकपातर्फ फर्किनका लागि सबैलाई अपिल गर्नेछौं ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै प्रचण्ड तत्कालिन नेकपा एकाध नेताको सनकका कारण दुर्घटनामा परेको टिप्पणी गरे । ‘नेकपा एकाध नेताहरुको सनकको कारण दुर्घटना परे पनि लाखौं जनताले अनुमोदन गरेको एकता हो । हामीबाट प्रस्तावित एकता हो’, उनले भने, ‘यसमा आग्रह वा पूर्वाग्राहले नहेरौं ।’ उनले विगतमा भएको घटनाबाट शिक्षा लिँदै नयाँ प्रक्रियाबाट एकता अघि बढाउनु पर्ने पनि बताएका थिए ।




















प्रतिक्रिया