चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन २ मा उजुरी परेको छ । चितवन–२ उम्मेदवारसमेत रहेका लामिछानेविरुद्ध नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले उजुरी दिएका हुन् ।
मतदान भइरहेका बेला रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।
किरण मावि भोजाड मतदान केन्द्रमा विवादपछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकारेको पनि उजुरीमा स्मरण गराइएको छ ।




















प्रतिक्रिया