तनहुँ । तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेलाई निर्वाचन आयोगले प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेपछि आचारसंहिताप्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पारेको भन्ने उजुरीका आधारमा २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
मतदाता प्रभावित पार्न रवि लामिछानेको फेसबुक लाइभ भिडियो शेयर गरेको भन्ने उजुरीका आधारमा जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले स्पष्टीकरण सोधेको छ । आचार संहिता अनुगमन समितिले स्पष्टिकरणमा सोधेको छ, ‘निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी मतदाता प्रभावित पार्ने कार्य गरको हो/होइन ? मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैं वा प्रतिनिधिमार्फत उपस्थित भई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहोला ।’
रवि लामिछाने चितवनको एक मतदान स्थलमा जाँदा उनी विरुद्व आक्रमणको प्रयास भएको थियो । त्यस लगत्तै रवि लामिछानेले फेसबुक लाइभमार्फत संयमित भएर मतदान सम्पन्न गर्न अपील गरेका थिए ।




















प्रतिक्रिया