काठमाडौं । तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायम नै छ ।
सुरुवाती चरणबाटै अग्रता लिएका वाग्लेले पछिल्लो अपडेट अनुसार १२ हजार ७०५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भट्टराईले ७ हजार ६४६ मत ल्याएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । वाग्ले कांग्रेसका उम्मेदवार भट्टराईभन्दा पाँच हजार बढी मतले अगाडि छन् ।
यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २१९ मत पाएका छन् ।




















प्रतिक्रिया