Logo

राजनीति

तनहुँ–१ : मतान्तर बढाउँदै स्वर्णिम वाग्ले, गाेविन्द भट्टराई साढे पाँच हजार बढी मतले पछि



काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार उनले १३ हजार ७४९ मत पाएका छन् ।

सुरुवाती चरणबाटै अग्रता लिएका वाग्लेले यसलाई कायमै राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेका गोविन्द भट्टराईले ८ हजार ३७ मत पाएका छन् । गठबन्धनका भट्टराई भन्दा रास्वपाका वाग्ले पाँच हजार ७१२ मतले अगाडि छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १४:१४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।