चितवन । चितवन २ को उपनिर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएपनि झन्डै एक घण्टा ढिला गरी गणना सुरु गरिएको हो ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका उनका अनुसार इच्छामनकामना १ र ३ वडाबाट मत गणना सुरु भएको हो । चितवनको मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा भएको हो ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन् ।




















प्रतिक्रिया