Logo

प्रमुख समाचार

ठूला दलप्रति जनताले चासो देखाएनन् : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलप्रति जनताले चासो देखाउन छाडेको बताएका छन् । पार्टी संसदीय दलको बैठमा उनले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका हुन् ।

सोमवार संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएकोले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको सांसद रामहरि खतिवडाले बताए । ‘अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिन्छ’, देउवाको भनाइ उदृत गर्दै खतिवडाले भने, ‘अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्तामा छ ।’

देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका थिए । सांसद खतिवडाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १४:२८   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।