Logo

राजनीति

तनहुँ–१ मा स्वर्णिम वाग्लेले बढाए अग्रता, कांग्रेसका भट्टराई झन्डै साढे ६ हजार मतले पछि



काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्ले अग्रता बढाउँदै गरेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १५ हजार १३५ मतका साथ अग्रता कायमै राख्नुका साथै मतान्तर पनि बढाएका हुन् ।

वाग्लेले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् । गठबन्धनका भट्टराई भन्दा रास्वपाका वाग्ले ६ हजार ४०१ मतले अगाडि छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार मत प्राप्त गरेका छन् । मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १११, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले ५६ र नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ४६ मत पाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:०८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।