Logo

राजनीति

उपनिर्वाच अपडेटनः जसपाका अध्यक्ष यादवकाे अग्रता कायमै



बा।  बाराको क्षेत्र नम्बर दुईमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायमै राखेका छन् । 

बाराको करैयामाई गाउँपालिका १ क र ख का मतपेटिकामध्ये एक हजार ६ सय ४७ मत गणना हुँदासम्म जसपा अध्यक्ष यादवले अग्रता बढाउँदै लगेका हुन् । 

यादवले ४५८ मत पाउँदा निकटम प्रतिद्वन्दी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३६० मत प्राप्त गरेका छन् । शिवचन्द्रभन्दा उपपेन्द्र ९८ मतले अगाडी छन् । यसअघि उनी ५४ मतान्तरले शिवचन्द्रभन्दा अगाडी थिए । 

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३१८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १६९ मत प्राप्त गरेका छन् । १२ मत बदर भएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:२०   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।