बारा । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता कायमै राखेका छन् । यद्यपि उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समजवादी पार्टीका उपेन्द्र यादवले पछ्याइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार जनमतका कुशवाहाले १ हजार १४६ मत पाउँदै निकटतम प्रतिस्पर्धी जसपाका यादवले १ हजार ११७ मत ल्याएका छन् । कुशवाह र यादवबीच २९ मतको झिनो मतान्तर छ ।
यसैगरी तेस्रो स्थानमा परहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २४४ मतका साथ चौथो स्थानमा छन् ।
अहिले करैयामाई वडा नम्बर १, २ र ३ (मधुवन, सहजौली, गालोपट्टी, बजनी) को मत गनेर सकिएको छ । अब सुवर्ण-८ प्रशुरामपुरको मतपेटिका खुलेको छ । यो क्षेत्रमा जम्मा ६९ हजार १०७ मत खसेको छ ।




















प्रतिक्रिया