तनहुँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै छ । उनले अग्रता थप बढाउने क्रममा साढे १९ हजार मत कटाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार उनले १९ हजार ६५३ मत पाएका छन् । वाग्लेका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ६६९ मत पाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार २६९ मत प्राप्त गरेका छन् । यी बाहेक तनहुँ १ मा कुनै पनि उम्मेदवारले डेढसय मत कटाउन सकेका छैनन् ।




















प्रतिक्रिया