Logo

राजनीति

बारा–२ का ३१ उम्मेदवारले एक मत पनि पाएनन्



बारा । बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव २ हजार ६०० मतका साथ अग्रस्थानमा छन् ।

यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ६७ मतका साथ पछ्याइरहेका छन् । यसैगरी एमालेका पुरुषोत्तम पौडेल एकहजार मत पनि कटाएका छैनन् । तेस्रो स्थानका उनले ८६१, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेलले ३०३, आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले १९१ मत पाएका छन् ।

यीबाहेकका उम्मेदवारले एक मत पनि पाउन सकेका छैनन् । कुल ३६ उम्मेदवार ‘ब्याटल ग्राउण्ड’मा उत्रिएकामध्ये ३१ जनाले पछिल्लो परिणामअनुसार एक मत पनि पाउन सकेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नेपाल मजदुर किसान पार्टीका मुक्ति प्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीका नेजारुल अंसारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमार, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अंसारी, राप्रपा नेपालका मनिफ मिया अंसारीले अहिलेसम्म एक मत पनि पाउन नसकेका हुन् ।

यसैगरी स्वतन्त्र सांसदहरु विनोद कुमार कर्ण, धुपलाल हजरा, गिरजा कुमारी, उमा कुमारी कुशवाहा, सिगारी देवी, रिता देवी, दिनेश प्रसाद यादव, असर्फी राउत अहिर, बाबुराम प्रसाद, मुना मंसुरी, जैसी राउत, धर्मवीर प्रसाद यादव, उमेश प्रसाद यादव, सुरेन्‍द्र कुमार सिंह, जितेन्‍द्र प्रसाद यादव, दुर्गा प्रसाद कोईरी, वीरेन्द्र प्रसाद यादव, छोटेलाल महतो कोईरी, कुसेसवर साह बनिया, शम्भु प्रसाद साह तेली, राधिका न्यौपाने साह कलवार, रामबालक महरा चमार, सुरज साह तेली र वीरेन्द्र पंडितले पनि एक मत पाउन सकेका छैनन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १९:२२   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।