Logo

समाचार

काठमाडौंबाट १६२ यात्रु बोकेर दुबई उडेको विमानमा आगलागी, फोर्स ल्याण्डिङको प्रयास



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिनमा आगलागी भएकाे छ । उडेको केहिबेरमै इञ्जिन फेल भएर आगलागी भएपछि ‘फार्स ल्याण्डिङ’को तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्राेतले जनाएको छ ।

१६२ जना यात्रु बोकेको फ्लाई दुबईकाे जहाजको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको बताइएको छ । जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाइ जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ ।

जहाज अहिले धादिङको धार्के माथीको आकासमा होल्ड गरिएको छ टिआइएले जनाएको छ । त्रिभुवन विमानस्थल राति ९ बजेर २१ मिनेटमा उक्त जहाज उडेको हाे ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार २१:४८   :  बजे

315
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।