चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले भारी मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका सभापतिसमेत रहेका उनी करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका हुन् ।
लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।
गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढाएका हुन् । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।
चितवन २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले ३७५, मंगोल नेशनल अर्गनाइजेसनका टेकबहादुर तामाङ २११ र राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले ११० मत ल्याए । त्यसबाहेक अन्य उम्मेदवारले एकसय मत पनि कटाउन सकेनन् ।




















प्रतिक्रिया