काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता संम्बेदनशील विषय भएकाले तत्कालै कार्यान्वयनमा नआएको बताएका छन् । उनले नागरिकताको विषय संम्बेदशील भएकाले सबैको सहमति खोज्ने काम सरकाले गरेको बताए ।
उनले भने, ‘नागरिकता अत्यन्तै संम्बेदनशील विषय हो । नागरिकताको विषयमा राष्ट्र विभाजित हुनु नराम्रो हुन्छ । यस विषयमा बढी भन्दा बढी छलफल भएर सहमतिमा काम हुनु राम्रो हुन्छ ।’ उनले नागरिकताको विषयमा सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए । उनले अनन्तकालसम्म भने सहमति खोजेर नबस्ने बताए ।
उनले सहमतिमा एकजुट नभए नागरिकताको विषयमा सरकार नअलमलिँने बताए । उनले सहमति नभए सरकारले नागरिकता विद्येकलाई संसदमा ल्याउने र पारित हुने विश्वास व्यक्त गरे । सरकारले संविधानअनुसार कानून बनाएर नागरिकता दिने उनले बताए ।




















प्रतिक्रिया