Logo

प्रमुख समाचार

नागरिकताको विषयमा राष्ट्र विभाजित हुनु नराम्रो हुन्छ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता संम्बेदनशील विषय भएकाले तत्कालै कार्यान्वयनमा नआएको बताएका छन् । उनले नागरिकताको विषय संम्बेदशील भएकाले सबैको सहमति खोज्ने काम सरकाले गरेको बताए ।

उनले भने, ‘नागरिकता अत्यन्तै संम्बेदनशील विषय हो । नागरिकताको विषयमा राष्ट्र विभाजित हुनु नराम्रो हुन्छ । यस विषयमा बढी भन्दा बढी छलफल भएर सहमतिमा काम हुनु राम्रो हुन्छ ।’ उनले नागरिकताको विषयमा सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए । उनले अनन्तकालसम्म भने सहमति खोजेर नबस्ने बताए ।

उनले सहमतिमा एकजुट नभए नागरिकताको विषयमा सरकार नअलमलिँने बताए । उनले सहमति नभए सरकारले नागरिकता विद्येकलाई संसदमा ल्याउने र पारित हुने विश्वास व्यक्त गरे । सरकारले संविधानअनुसार कानून बनाएर नागरिकता दिने उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १७:५१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।