सिन्धुली । सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सांसद बनेका श्यामकुमार घिमिरेले निर्वाचन खर्च निर्वाचन आयोगमा बुझाएका छन् ।
उनले बुझाएको खर्च विवरणअनुसार ८ लाख ५९ हजार रुपौयाँ खर्च भएको देखाइएको छ। उनले गोष्टी अन्तरक्रियामा ८४ हजार, प्रचार प्रसारमा २ लाख, सवारी साधनमा ३ लाख, ढुवानीमा २ लाख र कार्यालय सञ्चालनमा ७५ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । गएको मंसिर ४ गते प्रतिनिधिसभाको चुनाव भएको थियो ।
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न गएको बैशाख ५ गते नै निर्देशन दिएको थियो ।
निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक नागरिकको पहुँच हुने गरी राख्न बैशाख ११ गते निर्देशन दिएको थियो ।
आयोगले ११ गते विज्ञप्तिमा जारी गरी पाँच हजार पाँच सय ६१ जना उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो। आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका अथवा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिनेसमेत आयोगको उक्त विज्ञप्तिमा जनाइएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।




















प्रतिक्रिया