बुटवल । आलोपालोको सहमतिपछि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले आज नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै छ । गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीमा आधाआधा कार्यकाल आलोपालो गर्ने लिखित सहमति गरेर पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्ने गरी दाबी पेश हुन लागेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेसम्ममा संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्ने समय दिएका छन् ।
त्यही समयसीमा अनुसार गठबन्धनका ८ दलले बुधबार पनि छलफल गरेका थिए । मुख्यमन्त्रीमा ओालोपालोको सहमति भएपनि मन्त्रालय भागबन्डामा टंगिसकेको छैन ।




















प्रतिक्रिया