Logo

खेलकुद

लुम्बिनी : आलोपालोको सहमति पछि गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी पेश गर्दै



बुटवल । आलोपालोको सहमतिपछि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले आज नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै छ । गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीमा आधाआधा कार्यकाल आलोपालो गर्ने लिखित सहमति गरेर पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्ने गरी दाबी पेश हुन लागेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेसम्ममा संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्ने समय दिएका छन् ।

त्यही समयसीमा अनुसार गठबन्धनका ८ दलले बुधबार पनि छलफल गरेका थिए । मुख्यमन्त्रीमा ओालोपालोको सहमति भएपनि मन्त्रालय भागबन्डामा टंगिसकेको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ११:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।