Logo

खेलकुद

नेपालको कमजोर ब्याटिङ : ९ विकेट गुमाउँदा पनि लयमा खेल फर्काउने प्रयत्नमा सन्दीप



काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गतको कतारसँगको खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ। त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेकाे छ। तर अगाडिका खेलहरुमाजस्तो नेपालले खासै राम्रो ब्याटिङ यो खेलमा देखाएन ।

सुरुदेखि नै कतारविरुद्व कमजोर ब्याटिङमा उत्रिएको नेपालले २७ ओभरमै ९ विकेट गुमायो । नेपालका कुसल भूर्तेलले जम्मा २ रन जोडेर आउट भए भने भिम सार्कीले जम्मा ६ रन मात्रै जोड्न सफल भए । उनले एक चौका प्रहार गरे । गायन मुनाविराको बलमा भिम आउट भए । आशिफ शेख र रोहितकुमार पौडेलले खेललाई केही लयमा लिन खोजेका थिए । तर असिफ सेख २७ बलमा दुई चौका सहित १९ रन जोडेर आउट भए ।

सोमपाल कामी र रोहितकुमार पौडेलले खेललाई फेरि लयमा लिने प्रयास गरे । २६ रन जोडेर कप्तान समेत रहेका पौडेल आउट भए । कुसल मल्ल ब्याटिङमा आएर खेललाई सम्हाल्ने सबैले सोचेका थिए । तर अचम्म कुशल तीन रन बनाएर आउट भए । अघिल्लो खेलमा शतक पार गरेका मल्ल पनि खेलमा टिकेर खेल्न नसकेपछि नेपालले लय नसमात्ने देखाएको थियो । त्यसपछि आरिफ शेख ब्याटिङमा भित्रिए ।

आरिफ शेख र सोमपाल कामी केही समय टिकेजस्तो लागे पनि रन भने खासै बनाउन सकेनन् । पूल शट प्रहार गर्ने चक्करमा सोमपाल पनि आमिर फहरुखको हातबाट क्याच हुन पुगे । त्यसपछि दिपेन्द्र सिंह ऐरीले ब्याटिङ सम्हाल्न फिल्डमा उत्रिए । २६.२ ओभरमा आरिफ शेख पनि आउट भए । उनले जम्मा १० रन मात्रै जोड्न सके । अमिर फारुकको बलमा उनी आउट भए । त्यसपछि फिल्डमा गुल्सन झा भित्रिए ।

२७ ओभरमै १२ रन जोडेर दिपेन्द्र सिंह ऐरी पनि आउट भए । आमिर फहरुखले तेस्रो विकेट लिए । दीपेन्द्रसिंह ऐरी मिडविकेट क्षेत्रमा ओवाइस अहमदबाट क्याचआउट भए । ऐरी आउट भएपछि सन्दीप लामिछाने ब्याटिङमा भित्रियो । एक छक्का र एक रन जोडेर गुल्सन झा पनि आउट भए । नेपालको नवौ विकेट गएपछि खेल लयबाट बाहिरिएको थियो । फेरि ललित राजवंशी ब्याटिङमा भित्रिए । ललित र सन्दीप भएर कतार विरुद्वको खोलमा ब्याटिङबाट खेललाई लयमा लिने प्रयत्न गरिरहे ।

सन्दीपले ६ चौका प्रहार गरिसकेका छन् । उनले उनले ३९ रन जोडेका छन् । उता ललित राजवंशीले भने खासै प्रदर्शन गर्न सकेका छैनन् । उनले १३ बलमा एक रन ल्याएका छन् । अहिलेसम्म नेपालले ९ विकेट गुमाउँदै ३९ ओभरमा नेपालले १५४ रन जोडेको छ । अहिले सन्दीपले खेललाई केही टिकाएका छन् । ब्याटिङमा कमजोर भनिएका सन्दीपले यसपटक भने खेललाई केही लयमा लैजाने आश पनि देखाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १२:०१   :  बजे

330
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।