Logo

राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त, शुक्रबार शपथ



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज (बिहीबार) चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएका समयसीमाअनुसार चौधरीले बिहीबार नै बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । उनलाई स्वतन्त्रसहित ८ दलका ५३ जना संसादहरुले समर्थन गरेका छन् । चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेकपा एमालेका लिला गिरी नेतृत्वको सरकारले बहुमत गुमाएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारमा दाबी पेश गर्न दलहरुलाई प्रदेश प्रमुख शेरचनले समय दिएका थिए । उक्त समयसीमाभित्र दाबी पेश गरेका चाैधरी मुख्मन्त्री बनेका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १८:४३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।