Logo

प्रमुख समाचार

‘अयोग्य लडाकु’लाई प्रतिव्यक्ति २ लाख दिने निर्णयकाे सत्ता गठबन्धनबाटै विरोध



काठमाडौं । नेपाली कांग्रेका नेता डा. शेखर कोइरालाले ‘अयोग्य लडाकुहरु’लाई सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिनका लागि तयार पारेको कार्यविधिप्रति आपत्ति जनाएका छन् । उनले सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य नहुने उनले बताएका छन् ।

नेता कोइरालाले उनीहरुलाई पैसा नभई रोजगारी दिनुपर्ने उल्लेख गरेका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘ बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं। उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।’

गृह मन्त्रालयले गत चैत ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अयोग्य लडकुलाई रकम दिनेबारेको कार्याविधि बनाएको छ । कार्यविधि बनेसँगै सशस्त्र द्वन्द्वमा लडी समायोजन हुने क्रममा ‘अयोग्य’ ठहरिएका माओवादीका लडाकुलाई प्रतिव्यक्ति २ लाख दिने बाटो खुलेपनि सत्ता गठबन्धनकै नेताहरुले विरोध गरेका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १९:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।