काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलाबाट धर्ना सुरु गरेका छन् ।
सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
धर्ना सुरु गर्नुअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको बताए । उनले नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न माग गरे ।
आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारीसमेत गराएका थिए ।
हेर्नुहाेस् तस्बिरहरु :-
























प्रतिक्रिया