Logo

प्रमुख समाचार

लडाकुलाई पैसा बाढ्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई संसदमा प्रश्नै प्रश्न



काठमाण्डाै । अयोग्य लडाकुका पैसा दिने विषयमा संसद भवनमा रोसन कार्कीले सबैभन्दा कडा तरिकाले विराेध जनाएकी छन । उनले लडाकुलाई पैसा बाढ्ने काम नगर्न चेतावनी समेत दएकी छन् ।

‘विकास बजेटहरु कटौती हुँदैछ । कर्मचारीलाई दिने पैसा छैन । प्रहरीहरु रोएको हामीले सञ्चारमाध्यमबाट सुनेका छौं । तर यो सरकारले १ अर्ब ४० लाख पैसा आफ्ना लडाकुहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । आयोजना लिएर मन्त्रालय जाँदा अर्थ मन्त्रालयले कटौती गरेको भन्छ । के माओवादीहरुलाई नेपालीका लागि आएको अनुदान, हामीले तिरेको कर, निमुखा जनताहरुलाई मारेर ल्याएको पैसा त्यहाँ दिन पाइन्छ ?’, उनले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै भनिन्, ‘यो कसैको घरबाट आएको पैसा होइन । प्रधानमन्त्री ज्यूलाई मंगल ग्रहबाट आएका नागरिकले भोट दिएको हैन । नेपाली नागरिकले भोट दिएर प्रधानमन्त्री बनाएका हुन । के प्रधानमन्त्री हुने बित्तिकै जे पनि गर्न मिल्ने ? निरङ्कुश बन्न मिल्ने ?’

उनले नेपाली जनता र माननीय सांसदहरुले प्रधानमन्त्री बनाएको र जथाभावी काम नगर्न चेतावनी पनि दिइन । उनले प्रचण्डले नागरिकमारा निर्णय सच्याउनुपर्नेमा जोड दिइन । लडाकुलाई दिएको पैसा विकास निर्माणमा खर्च गर्नुपर्ने उनले बताइन ।

त्यस्तै सांसद रामहरी खतिवडाले संसदमा भने, ‘अयोग्यले त दुई लाख पाउने हो भने योग्यका लागि कति दिने हो सरकारले बताउनुपर्छ । नत्र यो नाटक बन्द गर्नुपर्छ । अयोग्य लडाकुको नाममा सरकारले पैसा बढ्नु हुँदैन ।’

सांसद सुशिला थिंङले पनि सरकारले अयोग्य लडाकुलाई निशुल्क उपचार र गाँसबासको बेवस्था गर्नुपर्ने बताइन । उनले पैसा बाड्नु नहुने बताइन । अन्य सांसदले पनि सरकारले अयोग्य लडाकुका नाममा पैसा दिने भनेर गरेको निर्णयको बिरोध गरेका छन् ।

प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार  २ : ०८ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।