Logo

प्रमुख समाचार

एमालेमाथि सांघातिक आक्रमण गरियो : विष्णु पौडेल



काठमाडौं । नेकपा एमालेमाथि सांघातीक आक्रमण भएको भन्दै एमाले सांसदले सरकारको ध्यानआकर्षण गराएका छन्।

संसद बैठममा बोल्दै एमाले सांसद विष्णु पौडेलले पार्टीका अध्यक्ष तथा अन्य नेताहरुलाई सांघातिक आक्रमण सत्ता पक्षका कार्यकर्ताहरुले गरेको आरोप लगाएका छन् ।

उनले सरकारले एमालेमाथि आक्रमण गर्न उक्साउने काम गरेको आरोप पनि लगाए । आम नागरिक पनि स्वतन्त्र र शान्तिपूर्ण तरिकाले हिँड्न पाउनुपर्ने बताए । उनले गृहमन्त्रीले सदनमा दिएको जानकारीले मात्रै नभएको र सांघातिक आक्रमण गर्नेलाई कानूनी दायरा ल्याउन माग गरे ।

उनले काठमाडौंमै दिन दहाडै हत्या भएको र सरकारले नागरिकलाई शान्तिको अनुभूति हुन नदिएको भन्दै सरकारप्रति खेद गरेका छन् । केपी ओली झापामा जाँदा झडपमा घाइते भएका काठमाडौंको सुविधा सम्पन्न अस्पतालमा ल्याएर उपचार गर्न पनि सरकारलाई पौडेलले अनुरोध गरे ।

प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार  २ : ५४ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।