Logo

प्रमुख समाचार

अर्थ मन्त्री डा. महत र जर्मनीका राजदूतबीच भेटवार्ता उर्जा, विद्युत र औषधी क्षेत्रमा लगानी गर्नेबारे छलफल



काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतसंग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गरेका छन् । भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन बनाउन लगानी गर्ने विषयमा चासाे देखाएका छन् ।

साथै उनले नेपालमा औषधीजन्य उद्योगमा लगानी गर्न रुची रहेको समेत जानकारी गराएकाे अर्थ मन्त्रालयले जनाएकाे छ। अर्थ मन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्र्याउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार  ९ : १७ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।