काठमाडौं । नेपाल र कुवेतबीचको खेल पानीका कारण प्रभावित भएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पानीका कारण खेल प्रभावित भएको हो ।
अहिलेसम्म नेपालले तीन विकेट गुमाएर खेल खेलिरहेको थियो । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १४१ रन जोडेको छ। २३.२ ओभरमा नेपालको तीन विकेट गएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।
हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । तेस्रो विकेटका लागि मैदानमा उत्रिएका भीम केवल १ रन बनाएर पेभेलियन फर्किए। यस्तै ओपनर ब्याट्सम्यान आसिफ भने २८ बलमा ३१ रन बनाएर मैदान छाडे।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट हुँदासम्म नेपालले १०.५ ओभरमा ७७ रन बनाएको थियो। उनले आउट हुनुअघि ३९ बल खेल्दै ४३ रन बनाए।
विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो। दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ ।
प्रतिक्रिया