Logo

राजनीति

‘छोटे राजालाई करोडौँ करोड खर्चेर विदेशमा उपचारमा पठाउने सरकरले आविष्कारमा लगानी बढाएन’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अविष्कारको क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने बताएका छन् । उनले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए ।

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको नेतृत्वमा भएको आन्दोलनमा प्रतिवद्धता जनाउन पुगेका डा लोहनीले भने, ‘हाम्रो राज्यले नेपालमा नै उपचार हुनसक्ने थुप्रै छोटे राजालाई करोडौँ करोड खर्च गरेर, विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौँ नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔँ भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो ? जनतासँग प्रतिबद्ध राज्य भनेको यही हो ?’

नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको आरोप पनि उनले लगाएका छन् , ‘अहिलेको राज्यसत्ता मुलतः केही सानो जमातको हीतको लागि मात्रै भयो । नेपाललाई माथि लैजान प्रविधिको विकास बिना सम्भव छैन । खोकी लाग्यो भने बेलायत, अमेरिका र भारत जाने, करोडौँ खर्च गर्न जाने, नेपालीको स्तर उकास्त काम गर्न नदिने यही वैज्ञानिक समाजवाद । यो सत्ताको लुछाचुँडी र धनवादीहरुको प्रवेश भएको छ,’ उनले थपे ।

प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार  २ : २१ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।