काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको जारी खेल पुनः वर्षाका कारण रोकिएको छ । टियु क्रिकेट मैदानमा जारी दुई टोलीबीचको सेमिफाइनल खेल वर्षाका कारण पुनः अवरुद्ध भएको हो ।
यअसघि पनि वर्षाले खेल प्रभावित भएपछि खेल ४२ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै २८१ रन बनाएको थियो । अहिले कुवेत जवाफी ब्याटिङमा छ ।
नेपालको उत्कृष्ट बलिङसामू कमजोर देखिएको कुवेतले ८ दशमलव ३ ओभरमै ६ विकेट गुमाएर मात्र ३७ रन बनाएको छ । त्यसपछि वर्षा भएपछि खेल रोकिएको छ ।




















प्रतिक्रिया