काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुमाथि कटाक्ष गरेका छन् । एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री ओलीले भने, ‘राजतन्त्र कि स्वार्थी, फटाहाले मान्छ कि मुर्खले मान्छ । कोही कोही अज्ञानीले पनि मान्छ ।’ उनले केही पनि नबुझ्ने अज्ञानीले पनि राजतन्त्र मान्ने टिप्पणी गरे ।
यसअघि गृह जिल्ला झापामा आफूमाथि भएको आक्रमणको विषयलाई लिएर हिमानी शाह नाममा खोलिएको फेक ट्विटर ह्याण्डलबाट गरिएको ट्विटलाई लिएर ओलीले पूर्वराजामाथि आक्रोश पोखेका थिए । इलाममा बिहीबार आयोजित कार्यक्रममा उनले ज्यादा फुरफुर नगर्न चेतावनी दिएका थिए ।
प्रतिक्रिया