काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ । आइतबार ओलीले पार्टी निकट किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै राजा मान्नेहरु स्वार्थी, फटाहा र अज्ञानी हुने टिप्पणी गरेको थिए ।
ओलीको उक्त अभिव्यक्तिप्रति राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आपत्ति जनाउँदै यसबाट राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको बताएका छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन ओलीलाई आग्रह गर्दै उनले ‘०६३ सालसम्म तपाईंहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’ भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया