Logo

प्रमुख समाचार

सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता, अब आगलागीबाट हुने घटना न्यूनीकरणको अभियान थाल्ने



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी उपचारपछि स्वास्थ्य लाभ लिएर स्वदेश फर्किएका छन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ भएको आगालागीमा परी गम्भीर घाइते उनी साढे दुई महिना भारतमा उपचार गराएर आइतबार स्वदेश फर्किएका हुन् ।

नेता भण्डराी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौं ओर्लिएका हुन् । उनको उपचार मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा भएको थियो ।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।

सांसद भण्डारीले आफूले अब आगालागीबाट हुने घटना न्यूनीकरणका लागि अभियान थाल्ने बताएका छन् । उनले ‘कुनै नेपाली आगोमा जल्न नपरोस्, आगलागीमा परेका कुनै पनि नेपालीले मर्न नपरोस्’ अभियान थाल्ने उद्घोष गरेका छन् ।

प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार  ७ : ५६ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।