Logo

खेलकुद

करणले दिलाए नेपाललाई तेस्रो सफलता



एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले दोश्रो सफलता प्राप्त गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर करण केसीले यूएईका आर्यन लाक्रालाई आउट गर्दै तस्रो विकेट लिए ।

आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका करणले आठौँ ओभरको पहिलो बलमै लाक्रालाई आसिफ शेखबाट क्याच आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिए । लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका करणले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिएका थिए । उनले भृत्यलाई आसिफ शेखबाटै क्याच आउट गरेका हुन् ।

जारी प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका भृत्य ९ बलमा ८ रन बनाएर आउट भए ।
यसअघि, पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए । ८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ०९:४७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।