Logo

प्रमुख समाचार

सरकारलाई दिएको समर्थनबारे रास्वपाले शुक्रबार निर्णय लिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उपचुनावपछि पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

सोमबार नै संसदीय दलको बैठक भएकाले कुनै निर्णय भएन । ढकालले भने ‘थप छलफल गरेर शुक्रबार निर्णय लिने कुराकानी भएको छ । आज केही निर्णय भएन ।’ रास्वपाका सभापति रवि लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल थालिसकेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १५:२७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।