Logo

प्रमुख समाचार

महावीर पुनसँग सरकारको वार्ता सफल, दुई पक्षबीच भयो ७ बुँदे सहमति



काठमाडौं । विभिन्न माग अघि सार्दै चार दिनदेखि धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनसँग सरकारले ७ बुँदे सहमति गरेको छ ।

आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने सहमति भएको छ । उपप्रधान, रक्षा तथा कानून मन्त्री पूर्णबहादुर खड्का र महावीर पुनबीच ७ बुँदे सहमति भएको हो ।

तेस्रो प्रयासमा दुई पक्षबीचको वार्ता सफल भएको हो । आइतबार पनि दुई पटक वार्ता भएको थियो । तर अनुसन्धान, आविष्कार तथा नवप्रर्वतनका लागि बजेटको १ प्रतिशत छुट्याउन सरकार तयार नभएपछि आइतबारको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन ।

यस्ता छन् सहमति:–

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ५ : ४४ बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।