Logo

प्रमुख समाचार

उपनिर्वाचनबाट निर्वाचित सांसद यादवले आज शपथ लिँदै



काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् ।

यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने हुन् ।

उपनिर्वाचनबाट विजयी अन्य दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले यसअघि नै शपथ लिएर संसद् बैठकमा उपस्थित भइसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १०:१८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।