काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले शपथ लिएका छन् ।
उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।
गत वैशाख १० मा भएको उपनिर्वाचनमा यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए ।
प्रतिक्रिया