काठमाडौं । नक्कली शरणार्थी खडा गरेर अमेरिका पठाइदिने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईका छोरावि निरजरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट प्रहरीले इन्द्रजितलाई पक्राउ गरेको थियो।
उनलाई जिल्ला प्रहरी परिसर ललितपुरसँग समन्वय गरी पक्राउ गरेको हो। निरजलाई भने प्रहरीले फेला पारेको छैन। उनीविरूद्ध बयान तथा प्रमाणहरू पाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।




















प्रतिक्रिया