Logo

राजनीति

मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेश ल्याउँदै सरकार



काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजी पीडितको समस्या समाधानका लागि अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या सुल्झाउने कानुनलाई अन्तिम रुप दिन अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको बताइन्। ‘मिटरब्याजसँग सम्बन्धित समस्या जुन छ, त्यो समस्यालाएई छिटोभन्दा छिटो समाधान गर्नको निम्ति कानूनी व्यवस्था गर्नको निम्ति मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ। आज अध्यादेश पठाउने काम हुन्छ’, उनले भनिन् ।

मन्त्रिपरिषद्‍बाट सिफारिस अध्यादेश राष्ट्रपतिले जारी गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद्को अधिवेशन नरहेको बेला सरकारले तत्काल केही कानुनी व्यवस्था गर्नका लागि अध्यादेश ल्याउन सक्छ ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ८ : २८ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।