Logo

प्रमुख समाचार

माधव नेपालकाे गुनासाे– ‘केन्द्रमा गठबन्धन टिकाउने भनिरहँदा प्रदेशमा हामीलाई बाइपास गरियाे’



सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रले आफूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कर्णालीमा माओवादी केन्द्रको घमण्डका कारण आफ्ना दलका नेताहरु दुखी भएको बताएका हुन् ।

‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले भने । नेपालले केन्द्रमा गठबन्धन टिकाउने कुरा भइरहँदा प्रदेशमा भने आफूहरुलाई बाइपास गरेर पीडा दिएको बताए ।

कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिए । माओवादी अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’

उनले देशमा भएको सिमित साधनस्रोतको अधिकतम प्रयोग गरेर विकास निर्माणका काममा लाग्नुपर्नेमा जोड दिए । आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरी देश विकासका लागि महत्वपूर्ण भूमिका खेलेको पनि दाबी गरे ।

प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार  ११ : ०० बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।