Logo

प्रमुख समाचार

नवनियुक्त तीन मन्त्रीको शपथ आज हुँदै



काठमाडौं । दस दलीय सत्ता गठबन्धनको मुख्य साझेदार कांग्रेस कोटाबाट नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ ।

कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराउन लागेका हुन् ।

नवनियुक्त मन्त्रीत्रयको शपथ समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए। यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०८:०६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।