Logo

प्रमुख समाचार

एमालेले भन्याे- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्न सघाउँछौं



काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा अनुसन्धान गर्न र कानुन पालनामा सघाउन पार्टी तयार रहेको एमालेले बताएको छ ।

नेपालीलाई नक्कली कागजात खडा गरेर भुटानी बनाउने र तेस्रो मुलुक पठाउने प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीमाथि नै पक्राउ पुर्जी जारीपछि एमालेको यो धारणा राखेको हो ।

यस प्रकरणमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने पनि एमालेले बताएको छ । ‘यो प्रकरण आएपछि हामीले विस्तृत छलफल गर्न पाएका छैनौं,’ उनले भने, ‘राज्यका निकायलाई सहयोग गर्ने नै हाम्रो नीति छ । यसमा प्रतिबद्ध छौं’, पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । गएराति पक्राउ परेका उनलाई आज बिहानै बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याइसकिएको छ । टोपबहादुरविरूद्ध पनि पुर्जी जारी भइसकेकाले उनी पनि प्रहरीको उच्च निगरानीमै रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  १ : ०० बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।