Logo

प्रमुख समाचार

पूर्वमन्त्री रायमाझीलाई बाटोबाटै समाउनु पर्दैन : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीबीच कुराकानी भएको हो । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रहरीले नियन्त्रणमा लिन खोजिरहेका एमाले सचिव रायमाझीलाई बाटोमा नै समाउनुपर्ने आवश्यक नरहेको बताए ।

रायमाझीका सन्दर्भमा पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको सांसदलाई बाटोबाटै समाउनुपर्ने आवश्यक नरहेको बताए । ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक)सँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’ ओलीले भने ।

यस विषयमा प्रधानमन्त्रीसँग छलफल भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएको छु ।’

ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताए । ‘यो प्रकरणमा को–को दोषी हुन् रु उनले भने, ‘यसमा निदोष पर्नु हुँदैन, तर दोषी उम्किनु हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी चुप लागेर बस्दैनौँ ।’

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १५:५२   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।