पोखरा । नेपाली कांग्रेस परित्याग गरेको पर्वतका एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको छ । पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीसहितको टोली बिहीबार रास्वपामा प्रवेश गरेको हो । उनीहरुलाई उपसभापति डोलप्रसाद अर्यालले रास्वपामा स्वागत गरे ।
कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशीसमेत रहेका सुवेदीसहित जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत ३१ जनाले एकैपटक कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन् ।
विधिको शासन र कानूनी राज्यको प्रत्याभुति, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागी, हुकुमी शासनको अन्त्य गर्दै आमनागरिकलाई न्याय दिलाउन अबको यात्रा रास्वपाबाट हुने सुवेदीले बताएका छन् ।




















प्रतिक्रिया